४ बैशाख २०८१, मंगलबार

आइतवार सुर्यदेवको र माता दुर्गाको पुजा गर्नाले जीवनमा हुन्छ चमत्कार


आइतवार सुर्यदेवको र माता दुर्गा

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ। ज्योतिषशास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गरिएको हो ।

सूर्यदेवको आराधना

आइतवारको दिन नवग्रह मन्दिर गएर सूर्यदेवलाई चन्दनको लेप लगाउनुहोस् । धुपदीप जलाउनुहोस् । सूर्यदेवलाई जलले स्नान गर्नुहोस् । कुमकुमले टीका लगाउनुहोस् । त्यस पश्चात् चामल, मीठाई र पुष्प अर्पित गर्नुहोस् । अब सूर्य देवको समक्ष बसेर सूर्य देवको यो मन्त्रको जप गर्नुहोस् ।

ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे । निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे ।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुव: स्वस्त्वमोङ्कार: सर्वो रुद्र: सनातन:।।

आइतवार माता दुर्गाको पुजा

आइतवारमा सूर्यदेवको साथै माता दुर्गाको पनि दिन मानिन्छ । यस दिन माता दुर्गाको मन्त्र ‘ॐ श्री दुर्गाय नमः’ को जाप गर्दा धेरै लाभ हुन्छ र तपाईको जीवनको सवै दु:खको अन्त्य हुन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !