४ बैशाख २०८१, मंगलबार

वास्तुशास्त्र अनुसार शनिवार गहुँ पिसेमा हुदैन पति-पत्निको झगडा


शनिदेव_शनिबार

वास्तुशास्त्र अनुसार शनिवार गहुँ पिसेमा हुदैन पति-पत्निको झगडा ! वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । पति-पत्नीको सम्बन्ध सुखद् र शान्तिपूर्ण बनाउनका लागि दुबै जना बीचको तालमेल आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति-पत्नी बीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ । त्यसकारण केही वास्तु टिप्सबारे जानकार हुन आवश्यक छ । यदी सन्तान प्राप्तिमा ढिलाई भइरहेको छ भने पति पत्नीले सन्तान प्राप्तिका लागि उत्तर पश्चिम दिशा या उत्तर दिशामा सुत्नु पर्छ । यो दिशामा सुत्नेकोठा बनाएको खण्डमा प्रेम बढ्नुका साथै चाडै सन्तान सुख प्राप्ति हुन्छ ।
यदी एकै खाटमा दुई फरक फरक डस्नाको प्रयोग भएको छ भने पनि पति पत्नीबीचमा मतभेद उत्पन्न हुन सक्छ । त्यसैले एक खाटमा एउटै डस्ना वा गद्दाको प्रायोग गर्नुहोस् । पति-पत्नीको सम्बन्ध र सन्तान सुखका लागि कहिले पनि घरको बिम (ढलानको बिम) को ठिक तल सुत्नु हुँदैन ।

पति पत्नीबीच विवाद भइरहे शनिवारको दिन घरमा गहुँ पिस्नुहोस् । त्यस समय गहुँमा कालो चना पनि मिसाउनु होला । पति-पत्नी बीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्षको भित्तामा राधा कृष्ण तथा फूलेको गुलाव वा हासिरहेको बच्चाको तस्वीर टाँस्दा फाइदा पुग्छ । पति-पत्नी सुत्ने कक्षमा ड्रेसिङ टेबल राख्नु बास्तुशास्त्रका अनुसार गलत हुन्छ ।

यो पनि पढ्नुहोस्

शनिबार जन्मेका मानिसको भविष्य र आचरण

शनिबार के के काम गर्दा सफलता मिल्छ ?

शनिबार यी कामहरु भुलेर नगर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !