, आफू बुद्धिमान छ की छैन भनेर यसरी पहिचान गर्न सकिन्छ

आफू बुद्धिमान छ की छैन भनेर यसरी पहिचान गर्न सकिन्छ

एजेन्सी, यदि तपाईमा यी गुण छन् भने बुद्धिमान मान्दा हुन्छ । बुद्धिमान्हरू प्रायः आफैसँग कुरा गर्छन् । तिनीहरू धेरै चिजमा आफ्नै मनसँग सवालजवाफ गर्न मन पराउँछन् । यो तिनीहरूका लागि सन्तोषजनक गतिविधि हो । बुद्धिमान् व्यक्ति कुनै पनि प्रकारका बहस वा लडाइँबाट टाढा रहन मन पराउँछन् । यसै कारण उनीहरू धेरै कुरा थाहा पाइपाई त्यसलाई बेवास्ता गरिदिन्छन् । बुद्धिमान् मानिसको सामाजिक सर्कल ठूलो हुँदैन । तिनका साथी धेरै पुराना र जान्ने–मान्ने हुन्छन् । वास्तवमा तपाई जति धेरै स्मार्ट हुनुहुन्छ, त्यति नै छनोटमा पर्नुहुन्छ र धेरै सोचेर मात्र अरूसँग घुलमिल हुनुहुन्छ । बुद्धिमान्हरू सामान्यतया आफ्नो क्षमतालाई कम आँक्छन् । तिनीहरू कडा शब्द प्रयोग गर्दैनन्, धेरै बोल्दैनन्, गफ हान्दैनन् र कसैले केही नसोधी कुनै कुरा भन्दैनन् । बुद्धिमान् व्यक्ति एक्लै रहन मन पराउँछन् । तिनीहरू अकेलापनको सामना गर्दैनन् । तिनीहरू केवल रचनात्मक र फलदायी हुन्छन्, जब उनीहरूलाई उनीहरूको काम गर्न अनुमति दिइन्छ ।