७ बैशाख २०८१, शुक्रबार

यदि तपाईको सम्बन्ध टुटेको छ भने भावुक भएर रुनुस् तौल घट्नेछ


एजेन्सी, अनुसन्धानकर्ताहरु भन्छन्, एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्छ । तर, कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, आफ्नो पीडाहरु बाँड्न पनि चाहदैनन् । कसैलाई सम्झेर रुनुले तपाईको अनावश्यक तौल घट्छ भन्दा पत्यार नलाग्न सक्छ ? तर पछिल्लो अध्ययनको तथ्य यही हो । यदि त्यसो भए अब अहिलेसम्म दबिएको आँसुको ग्यालेन भर्न तयार रहने कि ? रुँदा तौल घट्ने अध्ययनहरुले प्रमाणित गरेका छन् । तनावमा हुँदा कार्टिसोल हर्मोनको उत्पादन हुन्छ जुन मोटोपनासँग सम्बन्धित हुन्छ । वैज्ञानिकले भावुक भएपछि आउने आँसुमा कार्टिसोल बढाउने हार्मोन भएको पत्ता लगाएका छन् । यसलाई प्रोल्याक्टिन, लिउ–इन्केफालिन र एड्रेनोकोर्टिकोट्रोपिन (एसिटीएच) भनिन्छ । हामी अत्यधिक दबाबमा हुँदा यी हर्मोन निष्कासन हुन्छ । त्यसकारण जब हामीले आफ्ना भावनालाई नदबाइकनै, मन खोलेर रुन्छौं तब यी हर्मोन बाहिर निस्कन्छन् जसका कारण कार्टिसोलको स्तर घट्ने गर्छ ।

वैज्ञानिकका अनुसार भावनामा बगेर रुने सबैभन्दा राम्रो समय भनेको बेलुका सात देखि १० बजेसम्म हो । तपाईंको सम्बन्ध टुटेको छ र जीवनको निकै कठिन अवस्थामा हुनुहुन्छ भने त्यसलाई बाहिर निस्कन दिनुहोस् । मन खोलेर रुनु दिमागलाई शान्त बनाउने एक माध्यम पनि हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !