७ बैशाख २०८१, शुक्रबार

आज लक्ष्मी पुजा, धन कमाउने उपायहरु


लक्ष्मी

आज लक्ष्मी पुजा, नेपालीहरुको दोस्रो चाड तिहारको दोस्रो दिन हो । आज लक्ष्मीको बास होस् भनि घरहरु सफा गरेर लक्ष्मीलाई पुजा गर्ने प्रचलन छ । त्यहि लक्ष्मी कसरी कमाउने भन्ने कुरा सबैको मनमा हुन्छ । पैसा कमाउने रहर सबैको हुन्छ । तर सबैले त्यति सजिलो भने कमाउन सक्दैनन् । किन की धन भनेको निकै ठुलो र गार्यो कुरा हो । धन विना यहाँ मानिसहरु जिउनु न मर्नु हुन्छ । त्यहि धनको लागि रातदिन पसिना बगाई रहेका हुन्छन् । त्यतिमात्र होइन । आफ्नो जन्मभुमि छोडेर खाडी मुलुक पसिना बगाउन गएका छन् । धन कमाउने पनि उपायहरु हुन्छन् । जुन तल दिईएको छ ।

कमाउने उपायहरु

  • महिलाले बिहानै सूर्योदयअघि नै उठेर तामाको लोटामा जल भरेर मुख्य द्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ ।

  • प्रत्येक दिन एक मुट्ठी मात्र भएपनि अन्नदान गर्ने ।

  • हरेक औंसीमा शुभलाभको चतुर्भुजमा लक्ष्मी पूजन गर्ने ।

  • घरमा अशोकको रुख रोपेर दिनदिनै पानीले सिँच्ने ।

  • बुधवार लक्ष्मीको आगमनको दिन भएकाले यो दिन कसैलाई पनि सामान वा धन उधारोमा दिनु हुँदैन ।

  • घरमा भएका पुराना पत्रिकाहरू प्रत्येक शनिवार बाहिरनिकाल्ने ।

  • कसैको ऋण चुकाउनु छ भने मंगलवारदेखि पैसा दिने ।

  • घरमा घडी बन्द भएको छ र पूरै बिग्रेको हो भने तत्कालै हटाउने ।

  • कुनै काम गराउनुछ भने घरबाट खाली पेट ननिस्कने ।

  • पुराना र फाटेका जुत्ता चप्पल घरमा नराख्ने ।

  • बिहीवार अचानक तपाईले धेरै धन पाउनुभयो भने मन्दिरमा दान गरिदिने  ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !