७ बैशाख २०८१, शुक्रबार

गीताको सार बुझौँ


गीता
शोभा काफ्ले खतिवडा
शोभा काफ्ले खतिवडा

जीवनको अर्थ निस्काम कर्म, त्याग योग र बलिदानमय जीवन यहि नै हो परम पवित्र ग्रन्थ गीताको दिव्य सन्देश हो । ब्यर्थ किन कलह ? लिएर केहि आएनौ र लिएर केहि जादैनौ गरेका कर्म बाहेक, पवित्र ग्रन्थ गीताको सार तल प्रस्तुत गरीएको छ ।

१. किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?

२. आत्मा न जन्म लिन्छ न मर्छ ।

३. जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।

४. तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।

५. तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?

६. तिमीले के पैदा गरेका थियौ र नाश भयो ?

७. तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ,त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।

८. तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।

९. परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।

१०. एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।

११. मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवानमा अर्पित हौ । यही नै सबभन्दा ठूलो सहारा हो ।

१२. जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ । त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ ।

१४. तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ।

१५. यसो गर्नाले तिमीले सधैंभरी जीवनमुक्त भएको आनन्द अनुभव गर्नेछौ ।

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !