७ बैशाख २०८१, शुक्रबार

घरमा पलंग वा खाट राख्दा यी कुरामा दिनुहोस् ध्यान


palang_bed

घरमा पलंग वा खाट केवल सुत्ने बस्तुको रुपमा बुझ्न नहुने बास्त्रु शास्त्रीहरु बताउँछन् । पलंगले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने भएका कारण यसलाई राख्दा देखि अन्य प्रयोगमा पनि ख्याल गर्नु पर्ने बास्तुबिदहरुको भनाइ छ ।

घरको गलत दिशामा पलंग राखेमा मान्छेलाई निद्रा नलाग्ने देखि तनाव हुने सम्मका समस्या हुने समेत बास्तु शास्त्रमा उल्लेख छ । यसरी गलत दिशामा राखिएको पलंगमा सुत्दा दाम्पत्य जीवनमा समेत नकारात्मक असर पर्ने बताइन्छ ।

कहाँ राख्ने पलंग ?

कोठामा ढोकाको नजिक पलंग राख्नु हुँदैन । ढोकाको नजिक पलंग राख्दा यसबाट बास्तु दोष उत्पन्न हुने समस्या हुन्छ । यस्तो पलंगमा सुत्दा निद्रा नलाग्ने र मानसिक तनावको समेत समस्या हुन सक्छ ।

पलंगको अगाडी पर्ने गरी ऐना नराख्नुस्

सुत्ने पलंगको अगाडी पर्ने गरी ऐना राख्नु बास्तुको दृष्टीले राम्रो मानिँदैन । ऐनाले पलंगको प्रतिविम्ब दिनु झनै नराम्रो मानिन्छ । यसले परिवारमा अशान्ति हुने बास्तुविदको भनाइ छ ।

पलंगको उचाइ

पलंग अति होंचो वा अति अग्लो हुनु बास्तुको दृष्टीले राम्रो मानिँदैन । पलंगको तलपट्टी उर्जा जम्मा हुने र उक्त उर्जा शरीरमा फैलिने भएका कारण पलंगको उचाइमा ध्यान दिनु पर्छ । पलंगको तल सामान राख्नु खराव मानिन्छ ।

शिरानी भित्तो पट्टी हुनु राम्रो

सुत्ने ओच्छ्यानमा शिरानी भित्ता पट्टी हुनु राम्रो मानिन्छ । यसले सुत्ने मानिसलाई सकारात्मक उर्जा प्रदान गर्छ । शिरान भएको साइडमा झ्याल भएमा त्यसबाट सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा जम्मा हुने मानिन्छ ।

पलंगको आसपास यी चिज नराख्नुस्

मानिसहरु सुत्ने पलंग नजिकै टिभी, फ्रिज, कम्प्यूटर आदि इलेक्ट्रानिक सामान राख्छन् । जुन घातक मानिन्छ । यस्ता समाग्रीले नकारात्मक उर्जा उत्पादन गर्ने भएका कारण सुत्ने पलंगको नजिक राख्नु हुँदैन । त्यस्तै गरी सुत्ने कोठामा पानीका तस्विर पनि नभएको राम्रो मानिन्छ ।

यो पनि पढ्नुहोस् :

हिन्दू धर्ममा शवलाई किन जलाइन्छ ? यस्तो छ कारण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !