८ बैशाख २०८१, शनिबार

हिन्दू धर्ममा शवलाई किन जलाइन्छ ? यस्तो छ कारण


deadbody_burning

हरेक धर्मको आफ्नो आफ्नो परम्परा र रितिरिवाज हुन्छ । यो प्रक्रिया हरेक धर्ममा अलग-अलग तरिकाबाट गरिने गरिएको छ ।

मुस्लिम तथा इसाई धर्ममा शव गाड्ने गरिन्छ भने हिन्दू धर्ममा शव जलाउने गरिन्छ । हिन्दू धर्ममा शवलाई जलाइनुको पछाडि यस्तो मान्यता छ :

  • हिन्दू धर्ममा १६ संस्कार रहेका छन् । र, मृत्यु संस्कार अन्तिम संस्कार हो । अंतिम संस्कार अर्थात दाह संस्कार ।
  • दाह संस्कारमा मृत व्यक्तिको शरीरलाई उठाएर शमशान लगिन्छ र फेरि उक्त शवलाई विधि विधानका साथ अग्निदाह गरिने गरिन्छ ।
  • शवदाह पूरा भएसँगै मृतकको अस्थिलाई कुनै पवित्र नदीमा गाड्ने वा बगाउने गरिन्छ । आमरुपमा अस्थि गंगा मा बगाउनुलाई ज्यादा शुभ मानिन्छ ।
  • वास्तवमा हिन्दू धर्ममा मृत्युलाई जीवनको अन्त्य मानिदैन । एक जीवन समाप्त भएपछि त्यस व्यक्तिको आत्मा उक्त शरीरबाट छुटेर कुनै नयाँ रूप तथा शरीरमा धारण हुन्छ या उसको मोक्ष हुन्छ भन्ने मान्यता छ ।
  • जस कारण दाह संस्कार गरिने गरिएको छ । शास्त्रमा वर्णन गरिए अनुसार जबसम्म मृत व्यक्तिको शरीरको अंतिम संस्कार गरिदैन तबसम्म उसलाई मोक्ष मिल्दैन ।
  • शास्त्रमा यो पनि लेखिएको छ कि मानव शरीर पञ्च तत्वबाट बनेको छ । ५ तत्व पृथ्वी, जल, अग्नि, वायु तथा आकाश रहेका छन् ।
  • धर्म शास्त्रका अनुसार मृत व्यक्तिको शरीरलाई जलाएपछि शरीर यी पाँच तत्वमा विलीन हुन जान्छ  र आत्मालाई मुक्ति मिल्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !