६ बैशाख २०८१, बिहिबार

रुकुम घट्नामा जोडीएकी किशोरिको चरित्र हत्या भएको भन्दै रेखाले लेखिन यस्तो मनछुने स्टाटस !


काठमाडौं, २१ जेठ । रुकुममा अन्तरजातीयका कारण भएको घट्नाप्रति पछिल्लोसमय सडकदेखि संसदसम्म आवाज उठेको छ र यसले गर्दा सामाजिक संजाल पनि तातिएको छ यस घटनामा नायिका रेखा थापाले पनि आफ्नो अभिव्यक्ति आफ्नो फेसबुकमार्फत व्यक्त गरेकी छन् । थापाले रुकुम घट्नाको दोषीमाथि कारबाही र पीडितलाई अविलम्ब न्याय दिनुपर्ने बताएकी छिन् । तर, उक्त घट्नामा जोडिएकी किशोरीको बारेमा चरित्र हत्या गर्ने खालका र नारी अस्मिता धज्जी उडाउन काम भएकोमा आक्रोश पोखेकी छिन् ।

नायिका थापाले ती किशोराीको बारेमा चरित्र हत्या गर्ने काम भएकोमा त्यसले फेरिपनि उत्पीडित वर्गमाथि प्रहार भएको पनि स्पष्ट पार्दै थापाले लेखेकी छिन्,”रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस । यस घटनामा जोडीएकी किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !