१३ बैशाख २०८१, बिहिबार

दीपिकालाई पट्याउनको लागि रणवीरको यस्तो हर्कत


रणवीर सिंह

एजेन्सी । सामाजिक सञ्जालमा सक्रिय रणवीर सिंह र दीपिका पादुकोणले लकडाउनमा होम क्वारेन्टाइनका विभिन्न गतिविधिहरुको बारेमा सेयर गरिरहेका हुन्छन् । रणवीरले चर्चित फुटबल खेलाडी सुनील छेत्रीको इन्स्टामा लाइभ गरेका छन् । उनले उक्त लाइभको क्रममा दीपिकासँगको प्रेमसम्बन्धको सुरुवाती दिनहरुको बारेमा केही खुलासा गरेका छन् । रणवीरले पुराना दिनहरुलाई सम्झँदै दीपिकाका लागि फूल किन्नमा धेरै खर्च गरेको बताए । सुरुवाती दिनहरुमा उनी दीपिकाका लागि निकै फूलहरु किन्ने गर्थे । रणवीरले दीपिकालाई लिली फूल निकै मन पर्ने भएकाले उनी जहिल्यै दीपिकालाई भेट्न जाँदा लिली फूल लिएर गएको समेत उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !