७ बैशाख २०८१, शुक्रबार

नवराजलाई सम्झिएर भावुक हुँदै प्रकाश सपुत भन्छन्, “यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?”


प्रकाश सपुत

काठमाडौँ, १४ जेठ । लोकदोहोरी गायक प्रकाश सपुतले रुकुमका नवराज विकको हत्याको विषयमा आफ्नो अभिव्यक्ति आफ्नो फेसबुक पेजवाट व्यक्त गरेका छन् । उनले यस विषयमा एकदमै मनछुने स्टाटस लेखेका छन् ।

उनले खेलेका छन्, “सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?

( नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ ।
हार्दिक श्रद्धांजलि 💐
दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !