१३ बैशाख २०८१, बिहिबार

भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन भन्दै राजेश हमालले दिए यस्तो चेतावनी !


राजेश हमाल

काठमाडौं, ८ जेठ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तथा क्षेत्रफल सार्वजनिक गरेपश्चात भारतीय मिडियामा नेपालको चर्को विरोध हुन थालेको छ । भारत सरकारले समेत नेपालले जारी गरेको ‘नयाँ नक्सा आफूलाई मान्य नहुने’ बताइसकेको छ ।

यस विषयमा अभिनेता राजेश हमालले आफ्नो अभिव्यक्ति सार्बजनिक गरेका छन् । हमालले आफ्नो फेसबुकमा सार्बजनिक गरेको भिडियोमा ‘छिमेकी भारतको गतिविधिले मलाई मर्माहत बनाएको छ ।

अभिनेता हमालले भनेका छन्, “इतिहास साँक्षी छ, लिम्पियाधुरा, कालापानी तथा लिपुलेक नेपालकै भूभाग हो । भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन् । हाम्रो पूर्खाहरुले बहादुरीका साथ लड्नुको एउटै उद्देश्य आफ्नो देशको स्वतन्त्रता र सार्वभौमसक्तालाई अक्षुण्ण राख्नु थियो । यसकारण सम्पूर्ण नेपाली जनताले आफ्नो देशको सिमा सम्बन्धमा कसैसँग सम्झौता गर्दैन ।”

अभिनेता हमालले सीमानाको समस्यालाई भारतले इतिहास, तथ्यांक तथा प्रमाणको आधार हेरेर कुटनीतिक तवरमा समस्या समाधान गर्न पनि अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !