१३ बैशाख २०८१, बिहिबार

कोरोनाको महामारीमा अमेरिका उडेका अभिनेता खनालले भावुक हुँदै भने, “जे पर्ला त्यहि टर्ला”


सरोज खनाल

चैत २९, काठमाडौं । कोरोना भाइरस संक्रमणको समयमा पनि अभिनेता सरोज खनाल आइतबार अमेरिका उडेसँगै उनी आफ्नो परिवारसँग रमाई रहेको तस्विर सार्वजनिक गरेका छन् ।पाँच वर्षअघि अमेरिकावाट सधैंका लागि नेपाल फर्किएको दाबी गरेका अभिनेता खनाल अमेरिकी नागरिक हुन् । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएपछि अमरिका फर्केका हुन् ।

अभिनेता खनाल परिवारसँग रमाइलो गरिरहेको तस्बिर पोष्ट गर्दै स्टेटस लेखेका छन्, “सर्वे भवन्तु सुखिनस्सर्वे संतु निरामयस् जसले जे भनेपछि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यहि टर्ला ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !