८ बैशाख २०८१, शनिबार

बलिउड अभिनेत्री कंगनाले कोरोनावाट चिन्तित र डिप्रेशनको शिकार नहुन दिइन् यस्तो सुझाव (भिडियोसहित)


कंगना रनौत

चैत १८, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले कोरोना भाइरसको संक्रमणबाट बच्न एउटा भिडियो सार्वजनिक गरेकी छन् । उनले हरेक मानिसको जिवनमा नराम्रो समय आउने र त्यसलाई सामना गर्दै अगाडि बढेमा मात्रै सफल भइने सन्देश दिएकी छन् ।

भिडियो सन्देशमार्फत लकडाउनको सयममा चिन्तित नहुन र डिप्रेशनजस्ता विरामीको शिकार नहुन सुझाव दिँदै उनले यो सयम जिवनको मुश्किल घडी भएको र यसलाई सकारात्मक रुपमा लिन आग्रहसमेत गरेकी छन् । कंगनाले आफूले जिवनमा निकै मुश्किल समय पार गरेको बताउँदै भनेकी छन्, ‘डेढ/दुई वर्ष म स्टार थिएँ र एक लागूऔषध दुव्यसनी थिएँ । म यस्ता मानिसहरुको संगतमा फसेको थिएँ कि मलाई त्यसबाट बाहिर केवल मृत्युले मात्र ल्याउँन सक्थ्यो । यो सबै म १७ वर्षको हुँदा नै मेरो जिवनमा घटेको घटना थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !