गर्भवती नायिका भावुक हुँदै भनिन्, "डियर बेबी, अझै केही दिन भित्रै बस, अहिले संसारको स्थिती भयावह छ" Nepalpatra गर्भवती नायिका भावुक हुँदै भनिन्, "डियर बेबी, अझै केही दिन भित्रै बस, अहिले संसारको स्थिती भयावह छ"
२१ फाल्गुन २०७७, शुक्रबार

गर्भवती नायिका भावुक हुँदै भनिन्, “डियर बेबी, अझै केही दिन भित्रै बस, अहिले संसारको स्थिती भयावह छ”


स्मृति खन्ना

एजेन्सी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरस अहिले विश्वलाई नै तरंगित बनाएको छ । उक्त भाइरसका कारण विश्वभरी २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भाइरसका कारणले गर्दा अहिले देशहरुमा लकडाउनभएको छ ।

लकडाउनको समयमा अहिले विशेषगरी बलिउड फिल्म अभिनेत्रीहरु के-के गर्दैछन् भन्ने जानकारी दिने छौं । टिभी नायिका स्मृति खन्ना गर्भवती छिन् । उनको ९ महिनाको गर्भ पूरा भइसकेको छ । उनी संसारभरी फैलिएको कोरोनाको संक्रमणका कारण आफ्नो बच्चाको लागि चिन्तित र भावुक छिन् ।

स्मृतिले लेखेकी छिन्, “डियर बेबी, अझै केही दिन भित्रै बस । अहिले संसारको स्थिती भयावह छ, मलाई थाहा छैन भविष्यमा के होला । तर मलाई थाहा छ कि तपाईं पहिलेदेखि नै बलियो बलियो भएर यो संसारमा आउनुहुनेछ ।

तपाईं यस्तो दुनियाँमा जन्म लिनुहुनेछ जहाँ तपाईंले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ र यो कुनै खराब कुरा होइन । मलाई थाहा छ, तपाईंले आफ्नो हरेक दिन सेलिब्रेट गर्नुभयो । तपाईंको हरेक किक, चाल म चिन्दछु र त्यसलाई म असाध्यै माया गर्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !