७ बैशाख २०८१, शुक्रबार

कलाकार दिलिप कुमार क्वारेन्टाइनमा


दिलिप कुमार

एजेन्सी, भारतका कलाकार दिलिप कुमार कोरोना भाइरसको महामारीबाट बच्नका लागि आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । ९७ वर्षका नायकले सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको ट्वीटरमा जानकारी दिएका छन् । ‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !