, प्रकाश सपुत भन्छन्, "म गहिरो निद्रामा मिठो सपना देखिरहेको त होइन ?"

प्रकाश सपुत भन्छन्, “म गहिरो निद्रामा मिठो सपना देखिरहेको त होइन ?”

काठमाडौं । नेपालका लोकदोहोरी गायक प्रकाश सपुत परदेशी २ फिल्मको सुटिङ्मा व्यस्त छन् । उनी सानैदेखि हिरो बन्ने सपना भएको र त्यो पुरा भएको बताउदै आएका छन् ।

उनी गायन क्षेत्रका पनि एक सफल गायकको रुपमा चिनिन्छ । उनले फेसबुक पेजमा नायक दिलिप रायमाझीसँगको फोटो शेयर गर्दै लेखेका छन्, “हिरो बन्ने सपना र दिलिप रायमाझिको ठुलो फ्यान” बोल माया र गल्बन्दि गित को यो सिन र डाईलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिए । म वास्तवमै नायक दिलिप रायमाझिको ठुलो फ्यान र उनैताका उहा जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आईडल) हिरो संग स्क्रिन सेयर पनि गर्दैछु । आज शुटिङ भईरहदा पनि घरी घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ?? कि म गहिरो निद्रामा छु र मिठो सपना देखिराछु ? हँ ? #परदेशी२✌️”