, प्रियंका–निकको विवाहमा तीन करोड खर्च भएको खुलासा

प्रियंका र निकको विवाहमा तीन करोड खर्च भएको खुलासा

एजेन्सी, प्रियंका चोपडा र निक जोनसको विवाहमा तीन महिनाको आम्दानी खर्च भएको कुरा खुलासा भएको छ । गत वर्ष डिसेम्बर २ मा विवाह गरेका यी दुई सेलिब्रिटीको विवाहले अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चा बटुलेको थियो ।

विवाहको क्रममा पूरा प्यालेस चार दिनका लागि बुक गरिएको थियो । प्रियंका–निकले तीन करोड खर्च गरेको बताए । उनले भने, ‘यसरी हेर्ने हो भने हामीले यति आम्दानी गर्यौं कि हामी तीन महिनासम्म आरामले काम गर्न सक्छौं ।’