१३ बैशाख २०८१, बिहिबार

टु हेड च्यालेञ्ज जित्दै अनुष्का श्रेष्ठ पुगिन् मिस वर्ल्डको उत्कृष्ट ४० मा


अनुष्का श्रेष्ठले हेड टु हेड च्यालेञ्ज जित्दै मिस वर्ल्ड प्रतियोगिताको उत्कृष्ट ४० मा पुगेकी छिन् । १२४ देशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ ।

दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पारेकी थिइन् ।मल्टिमिडिया अवार्डमा अनुष्का उत्कृष्ट ३ मा छिन् । यो अवार्ड भोटिङका आधारमा प्रदान गर्ने गरिन्छ ।

अनुष्काले व्युटी विथ प्रपोजमा पनि आफूलाई उत्कृष्ट १० मा पुर्‍याएकी छिन् । उनले मिस नेपालमा नेपालको नाम राख्ने र पर्यटन भित्र्याउन भूमिका खेल्ने बताएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !