७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी


९ मंसिर, काठमाडौं । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौँ महाधिवेशनवाट अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । अध्यक्ष पदको लागि रमेश बिजी र विष्णु खत्रीवीच प्रतिस्पर्धा भएको थियो । बिजीले ५८४ मत ल्याएका थिए भने खत्रीले ५४५ मतमात्र ल्याए । कोषाध्यक्षमा राजु ढकाल विजयी भए थिए । सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल,प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शङ्कर विसी र शिव हमाल, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन भएका छन् ।

केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीषमगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित हुुनभएको महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित भए ।

केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी भए । केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी भए । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !