, नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

२९ कात्तिक, काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा शुक्रबार हाजिर भएकी नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । नायिका पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

निर्माता छवि ओझाकी जेठी श्रीमती हिमा ओझाले दिएको बहुविवाहको उजुरीपछि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो । पूर्जीविरुद्ध नायिका पोखरेल उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । नायिका पोखरेलको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् । तर ओझा भने अदालत उपस्थित भएका छैनन् ।