७ बैशाख २०८१, शुक्रबार

‘पती पत्नी और वो’ फिल्मको ट्रेलरमाथि किन प्रश्न ?


एजेन्सी, ‘पति, पत्नी और वो’ फिल्म बलिउडमा रिलिजको तयारीमा छ । यो फिल्मको चर्चा यसको ट्रेलरमा समावेश एक डायलगका कारण भइरहेको छ । सोमबार रिलिज गरिएको फिल्मको ट्रेलरमा एउटा डायलगमाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् । यो फिल्म सन् १९७८ मा यसै नामबाट बनेको फिल्मको रिमेक भएको बताइन्छ ।

फिल्ममा मुख्य नायक कार्तिक आर्यन आफ्ना साथी अपारशक्ति खुरानासँग भनिरहेका छन्, ‘श्रीमतीसँग सेक्स माग्दा हामी भिखारी, श्रीमतीसँग सेक्स गर्न नमान्दा हामी अत्याचारी र केही तरिका अपनाएर उनीसँग सेक्स गरे बलात्कारी पनि हामी नै ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !