४ बैशाख २०८१, मंगलबार

पुलिस बोलाउन चाहन्थेँ तर नेहाले उसलाई छोडिदिइन्: विशाल ददलानी


एजेन्सी, इन्डियन आइडल ११ को अडिशनमा केही दिनअघि एक प्रतियोगीले नेहा कक्कडलाई गालामा चुम्बन गरेको मामलामा विशाल ददलानीले ट्वीटरमा आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताइन् ।

नेहाबाहेक विशाल ददलानी र अनु मलिक पनि जजको रुपमा उक्त कार्यक्रमसँग जोडिएका छन् । ट्वीटरमा एक प्रयोगकर्ताले विशाल ददलानीलाई प्रश्न सोधे, ‘सर ती व्यक्तिलाई यति सजिलै जान दिन हुँदैनथ्यो । ’ यसमा विशालले जवाफ दिए, ‘म पुलिस बोलाइयोस् भन्ने चाहन्थेँ तर नेहाले उसलाई जान दिइन् । ती पुरुषलाई मानसिक उपचारको खाँचो छ, हामी उसलाई यसमा मद्दत गर्नेछौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !