१२ बैशाख २०८१, बुधबार

यस कारण बलिउडमा प्रियंका चेपडा कमजोर भइन्


एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चेपडाको कमब्याक कमजोर देखिएको छ । करिब ५० करोडको लागतमा निर्माण गरिएको प्रियंकाको कमब्याक चलचित्र “द स्काई इज पिंक” ले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेन । फिल्मले प्रदर्शनको तीन दिनमा १० करोड ७० लाखको मात्र कमाई गरेको थियो ।

स्वदेश छोडेर विदेश जानु र भारतमा एक स्थापित अभिनेत्री हुँदा–हुँदै हलिउडमा नयाँ सुरुवात गर्न खोज्दा उनको स्टारडम कमजोर भएको टिका–टिप्पणी हुन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !