बंगलादेशमा एक बेहुली नै जन्ती लिएर बेहुलाको घर पुगेपछी

एजेन्सी, बंगलादेशमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन् ।

खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो गरेकी हुन् । यो देशमा शताब्दिऔं देखि विवाहका लागि दुलहा दुलहीको घर जाने चलन छ । खदिजाले आफ्नो विवाहको घटना भाइरल भएको केही दिन पछि बीबीसी बंगालीसँग भनिन्, ‘यदि केटाले विवाह गरेर केटी ल्याउन सक्छ भने केटीले किन गर्न सक्दिनँ ?’

खदिजाले तारिकुल इस्लामसँग विवाह गरेकी छिन् । यद्यपि, यो घटनाले कतिलाई प्रेरित गरेको छ भने कतिमा रोष पैदा गराएको छ । एक व्यक्तिले रिसाउँदै भनेका छन्, ‘दम्पत्ति र उनका परिवारलाई चप्पलले कुट्नुपर्छ ।’