१३ बैशाख २०८१, बिहिबार

‘कबड्डी ३’वाट कसरी आइन चर्चामा नायिका उपासना सिंह ठकुरी ?


१३ असोज, काठमाडौं । पछिल्लो समय फिल्म क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया निकै बढ्दै गएको पाइन्छ । नवकलाकरको रुपमा फिल्म क्षेत्रमा पाइला टेक्ने कलाकारहरु थुप्रै छन् । तर कतिपयहरु यस क्षेत्रमा सफलता साहिल गरेका छन् भने कतिपय कलाकारहरु त्यति चल्न सकेका छैनन् । तर कुनै कलाकारहरु यस्ता छन् । जुन एउटा फिल्मवाटै आफ्नो नाम फिल्म क्षेत्रमा परिचय बनाइरहेका छन् । जस मध्ये एक हुन् नायिका उपासना सिंह ठकुरी ।

ठकुरीले जम्मा २ वटा चलचित्रमा मात्र काम गरिसकेकी छन् । चलचित्र ‘क्याप्टेन’ वाट डेब्यु गरेकी नायिका ठकुरीको उक्त फिल्म भने व्यावसायिक हिसाबले खासै चलेन । त्यससँगै फिल्मले समीक्षा पनि राम्रो पाएन । अनमोल केसीसँग लेखेकी ठकुरीले भने तारिफ बटुलिन् । पहिलो फिल्मबाटै उनले कैयन् दर्शकको साथ पाइन् ।

चलचित्र ‘कबड्डी ३’वाट झनै ठकुरीले निकै चर्चा कमाउन सफल भएकी छन् यस फिल्ममा नायक दयाहाङ् राईसँग खेलेकी ठकुरीले ‘क्याप्टेन’ फिल्मवाट भन्दा पनि यस फिल्मले दर्शकहरुको साथ पाएकी छन् । चलचित्रमा उनले निभाएको भूमिकाले पनि उत्तिकै राम्रो प्रतिक्रिया पाइरहेको छ । आगामी दिनमा ठकुरीले आफ्नो फिल्मी करिअर कसरी अगाडि बढाउनेछिन्, त्यो भने हेर्न बाँकी छ । अहिले भने उपासना सम्भावना बोकेकी अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !