८ बैशाख २०८१, शनिबार

किन बनिन् सोनाक्षी सामाजिक सञ्जालमा ट्रोल ?


एजेन्सी, बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा सामाजिक सञ्जालमा निकै आलोचित बन्दै आएकी छन् । रामायणमा हनुमानले कसका लागि सञ्जिवनी बुटी ल्याएको भन्ने सजिलो प्रश्नको जवाफ दिन नसकेकाले उनी आलोचित बनेकी हुन् ।

चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औँ संस्करणको २५ औँ एपिसोडमा राजस्थानकी उदमी रुमा देवी ‘कर्मवीर प्रतिभागीको’ रुपमा कार्यक्रमा हिस्सा लिइरहेकी थिइन् । सोनाक्षी पनि विशेष अतिथिको प्यालनमा थिइन् र रुमा देवीलाई साथ दिइरहेकी थिइन् ।

यसबीचमा उक्त प्रश्न आयो जसको जवाफ सोनाक्षी दिनसकिनन् र लाइफलाइनको प्रयोग गर्न पर्यो ।
प्रश्न थियो – रामायणका अनुसार हनुमान कसको लागि सञ्जिवनी बुटी लिएर आएका थिए ? जवाफको विकल्पमा थियो – सुग्रीव, लक्ष्मण, सीता र राम । सोनाक्षीलाई यसको उत्तर थाहा थिएन । उनले एक्सपर्टको लाइफलाइन प्रयोग गरिन् र सही जवाफ ‘लक्ष्मण’ बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !