११ बैशाख २०८१, मंगलबार

बलिउडकी अभिनेत्री श्रद्धा कपुरको प्रारिश्रमिक कति ?


श्रद्धा कपुर

एजेन्सी, अभिनेत्री श्रद्धा कपुरले फिल्म ‘साहो’का लागि सात करोड पारि श्रमिक लिएको चर्चाले बलिउडमा तरंग उत्पन्न भएको छ । रिलिज हुनुअगावै यस फिल्ममा श्रद्धा कपुरले लिएको पारि श्रमिकबारेको समाचारले निकै चर्चा पाएको छ ।

फिल्म निर्माताहरूले भने यसलाई केवल अफवाह मात्रै भएको बताएका छन् । यसका निर्माताहरूले सुरुमा अभिनेत्री कैटरिना कैफलाई फिल्ममा खेल्न अफर गरेका थिए । तर तिनले पाँच करोड माग्दा दिन नसकिने भनेर पन्छिएका थिए ।

बढी पारि श्रमिकको हल्लाबारे केहीले यसलाई फिल्म प्रचारको एक माध्यम भएको धारणा राखेका छन् । श्रद्धाले फिल्म ‘साहो’का लागि सात करोड होइन, तीन करोड पाएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !