१३ बैशाख २०८१, बिहिबार

अभिनेत्री तमन्ना भाटियाको घरको मूल्य सुन्दा चकित पर्नुहुनेछ


एजेन्सी, साउथ फिल्मकी चर्चित अभिनेत्री तमन्ना भाटिया बिभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । तमन्नाले अहिले सम्म धेरै फिल्ममा काम गरिसकेकी छिन् ।

पछिल्लो समय तमन्ना उनको सानदार घरका कारण चर्चामा आएकी छिन् । भारतिय मिडियाका अनुसार उनले मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेकी छिन् । अहिले उनी हाल बस्दै आएको ‘सी भ्यु अपार्टमेन्ट’ मा उनले १६ करोड भारतीय रुपैया खर्च गरेको बताइएको छ ।

उनले आफ्नो सानदार भवनको लागी ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् । जुन अपार्टमेन्टबाट चारैतिर समुन्द्रको रमाइलो दृश्य देख्न सकिन्छ । पछिल्लो समय उनी तमिल फिल्म महालक्ष्मीमा ब्यस्त छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !