११ बैशाख २०८१, मंगलबार

बलिउडकी नायिका आलिया भट्टमाथि चोरीको आरोप


एजेन्सी, बलिउडकी चर्चित नायिका आलिया भट्टलाई चोरीको आरोप लागेको छ । पाकिस्तानकी एक नायिकाले आलियालाई गीत चोरीको आरोप लगाएकी हुन् ।

आलियाले म्युजिक भिडिओमा डेब्यु गरेको ‘प्राडा’ बोलको गीत केहि समय अघि सार्बजनिक भएको थियो । उक्त गीतलाई पाकिस्तानी नायिका मेहविश हयातले चोरीको आरोप लगाएकी हुन् ।

‘वाइटल साइन’ एल्बम्को ‘गोरे रंगका जमाना’ बोलको पाकिस्तानी गीतसँग आलियाको प्राडा गीत मिलेको भन्दै मेहविशले आलियालाई चोरीको आरोप लगाउदै टुविट गरेकी छिन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !