१३ बैशाख २०८१, बिहिबार

किन अस्वीकार गरिन् बलिउड अभिनेत्री शिल्पाले १० करोडको अफर ?


एजेन्सी, बलिउड अभिनेत्री शिल्पा शेट्टीले हालै एक आयुर्वेदिक कम्पनीले उत्पादन गरेको स्लिमिङ पिल्सको विज्ञापनमा अभिनयको १० करोड भारतीय रुपियाँ अफर अस्वीकार गरेकी छिन् ।

आयुर्वेदिक विधिबाट पातलो बन्ने चक्कीको विज्ञापनको लागि गरिएको उक्त अफर उनले अस्वीकार गरिदिइन् ।

शिल्पाले भनिन्, ‘म कुनै यस्तो कुनै कुरा पनि बेच्न सक्दिन जसमा मलाई विश्वास छैन । स्लिमिंग पिल्स र फ्याट डाइट तपाईलाई आर्कषित त गर्न सक्छन् किनकी यसले छिट्टै असर देखाउँछ । तर एउटा नियममा टिकिराख्नु र स्वस्थ खानुमा आफूलाई गर्व महसुस हुन्छ । यसको मुकाबिला कसैले गर्न सक्दैन । भनेको मतलब कसैको दबाबमा आएर कोहि मोटो वा दुब्लो बन्न सक्दैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !