८ बैशाख २०८१, शनिबार

बलिउड अभिनेत्री राखी सावन्तले बिहे गर्ने भन्दै एक युवकसंग ४ करोड लिएको खुलासा


एजेन्सी, बलिउड अभिनेत्री राखी सावन्त फेरी विवादित भएकी छन् । उनले युट्युबर दिपक कलाल विवाह बन्धनमा बाँधिने चर्चा चलेपनि त्यो असत्य भएको पुष्टि भएको छ । राखीले दिपकसँग नभई अर्कै युवकसँग विवाह गरेपछि उनीहरुको चर्चा फेरि सुरु भएको छ ।

राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि भने गरिसकेकी छिन् । राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित भएका छन् । उनले विवाह गरेकोमा उनी भड्किइसकेका छन् । तर पछि यो अफवाह मात्रै साबित भयो ।

अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन् । यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भन्दै भिडियो राखेका छन् । राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेर खुलासा गरेकी छिन् । यसका साथै भिडियोमा दिपकले राखीले आफूसँग चार करोड (भारु) लिएको आरोप लगाएका छन् । त्यो पैसा राखीले खाएको भन्दै चार दिनभित्र चार करोड फिर्ता दिन चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !