गायिका नेहा कक्कडले डान्स गरेको भिडियो भाइरल(भिडियो सहित)

एजेन्सी, बलिउड नायिका नेहा कक्करको एउटा भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । उक्त भिडियोमा उनी गाडीमाथि चढेर धिमे धिमे बोलको गीतमा नृत्य गरीरहेकी छिन् ।

नेहा यस्तै यस्तै फन्डा रचेरनै चर्चामा आउने गर्दछिन् ।

उक्त भिडियोमा नेहा गाडि माथि मस्त डान्स गरेको देख्न सकिन्छ । फेडेड जिन्स र ग्रीन क्रप टपमा सजिएकी नेहा गाडीमा मस्तिले नाचिरहेकी छिन।

उनका भाइले गाएको गित धिमे धिमेमा नेहा मस्त तालमा झुमिरहेकी छिन् । उनले इन्स्टग्राममा भिडियो शेयर गर्दै उनले सुटिंग टाईम मस्ती भन्दै क्याप्सन लेखेकी छिन ।

राम मगर

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.