४ बैशाख २०८१, मंगलबार

यी नायिकाले सुत्केरी भएको ११ दिनपछि देखाइन् स्लिम बडी


एजेन्सी । बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका गेब्रिएला बुवा–आमा बनेको ११ दिनपछि गेब्रिएलाले व्यायामपछि ऐनामा खिचिएको आफ्नो सेल्फी सोसल मिडियामा सेयर गरे ।

१८ जुलाईमा बुवा–आमा बनेका उनीहरुले आफ्ना छोरा अरिक रामपालको फोटो सोसल मिडियामा सेयर गरिन् ।

उनको फिट बडी देखेर उनी केही दिन अघिमात्रै आमा बनेको भनेर विश्वास गर्न मुश्लिक पर्छ ।

उनले यो सँगै क्याप्सनमा लेखिन्, ‘यौ फोटो म सुत्केरी भएको ११ दिनपछि खिचिरहेकी छु । मुश्किल थियो तर तपाईको शरीर एउटा अद्भूत चीज हो । त्यसकारण आमा बनेपछि यसमाथि काम गर्न बन्द नगर्नुहोस् । राम्रो खानपिन गर्नुहोस्, घुम्नुहोस् र आफूलाई राम्रो महसुस गराउनुहोस् । मलाई योगाले निकै मद्दत गर्यो । मेरी ट्रेनर तनवीले यतिबेला मलाई निकै सहयोग गरिन् । अर्को कुरा भन्नु कि सबैको शरीर भिन्न हुन्छ । त्यसकारण राम्रो परिणामका लागि धैर्य गर्नुहोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !