८ बैशाख २०८१, शनिबार

अष्टेलियावाट आएका ई. बीरेन्द्रका छोरा सामिप्य मोडल श्रीष्टिसँग रोमान्स गर्दै


सामिप्य र श्रीष्टि

७ कात्तिक, काठमाडौँ । नेपाली संगीत क्षेत्रमा लोक पप विधामा सर्वाधिक रुपमा रुचाइएका गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठको आधुनिक गायन अनि बेमेल प्रेम कहानीमा आधारित ‘माया लाग्छ निष्ठुरीको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक श्रेष्ठकै आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो । दशैको पावन अवसर पारेर गायक तथा इन्जिनियर बीरेन्द्रको गीतमा संगीतकार गुरू बिनय वर्मा र एरेन्जर विशन मानन्धरले संगीत भरेका हुन् भने गीतको एडिट राहुल प्रधानले गरेका छन् ।

प्रधानको निर्देशनमा बनेको भिडियोलाई चक्र महर्जनको छायाँङकन र बिजेश पौडेलको सम्पादन रहेको छ । विद्यमान समाजमा सम्पति अनि लोभलालचकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडियोमा मोडल श्रीष्टि खड्का, निर्मल खत्री तथा नव मोडल सामिप्य श्रेष्ठले आफ्नो अभिनय मार्फत प्रस्तुत गरेका छन् । सामिप्यले सोहि भिडियो मार्फत डेब्यु समेत गरेका हुन् । सामिप्य गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठका सुपुत्र हुन् । उनी भर्खरै अष्टेलियावाट आईटी पढेर नेपाल फर्केका हुन् ।

अष्टेलियावाट नेपाल आएका गायक तथा इन्जिनियर बीरेन्द्रका छोरा मोडल सामिप्यसंग चर्चित मोडल श्रीष्टि खड्कासँग उक्त म्युजिक भिडियोमा रोमान्स गरेको देखाइएको छ भने शुरुमा मोडल निर्मल खत्रीसंग प्रेम सम्वन्धमा रहेकी मोडल श्रीष्टि खड्काले पछि मोडल निर्मल खत्रीलाई धोका दिएको कारणले खत्रीमा डिप्रेशन भएको देखाइएको छ । सम्पति अनि रमाईलो लालचमा फसेकी मोडेल श्रीष्टिले आफ्नो हुनेवाला श्रीमान निर्मल खत्रीलाई धोका दिदै नव मोडेल सामिप्य श्रेष्ठप्रति आकर्षित भएको धेरै समसामयिक नेपाली समाजको कथामा आधारित भिडियो छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘माया लाग्छ निष्ठुरीको’ गीतको म्युजिक भिडियोले आजको नेपाली समाजलाई यथार्थ चित्रण गरेको छ । प्रेम र त्यसभित्रको उत्पीडनको ज्वलन्त कहानी रहेको भिडियोमा आजकलका युवतीहरु जस्तोसुकै सच्चा माया भएपनि युरोप, अमेरिका र अष्टेलियावाट आएको केट़ासंग प्रेम गर्न लालाहित हुने र आफ्नो पहिलाको नेपालमा भएको प्रेमीलाई छोड्ने गरेको कटु यथार्थ कथा देखाइएको छ । जव युवतीको महत्वाकांक्षाले सीमा नाघ्छ तव आफ्नो प्रियसी निष्ठुरीमा परिणत हुन्छिन भन्ने अहिलेका युवतीहरुले गर्ने प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !