७ बैशाख २०८१, शुक्रबार

बोकेदारीको “स्टाइल मारेलु” बोलको भोजपुरी गीत सार्वजनिक (भिडियोसहित)


Style marlu

१७ असोज, काठमाडौं  । हाँस्य विधाका चर्चित गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) भोजपुरी गीत “स्टाइल मारेलु” का साथ देखा परेका छन् । सामाजिक सचेतनामूलक धेरै गीतहरुमा पनि आवाज दिईसकेका गायक लुईंटेलको यो गीत भोजपुरी शैली भएपनि संदेशमुलक रहेको छ ।

“स्टाइल मारेलु” मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन । यसैगरी म्यूजिक भिडियोमा पनि उनी आफैं देखिएका छन भने उनलाई अनिशा ओलीलगायतका कलाकारले साथ दिएका छन । केशव रायमाझी, विपिन प्रसाइं, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचेले भिडियोमा श्रीकृष्णलाई साथ दिएका छन ।

गीतमा पछिल्लो समय युवापुस्तामा देखिएको फेसन अनि हराउँदै गएको संस्कृतिपट्टी चोटिलो सन्देश प्रहार गरिएको छ ।

भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यस गीतमा उनको पृथक भोजपुरीआवाज नै सुन्न सकिन्छ ​। श्रीकृष्ण आफैंले निर्देशन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन भने कोरियोग्राफर राज सुब्बा लावती हुन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !