६ बैशाख २०८१, बिहिबार

गीतकार दिलिप योन्जन तामाङको “आफ्नै छायाँले” गीतको भिडियो लोकप्रिय हुदै


Aafnai Chhayale

२६ साउनकाठमाडौँ   गीतकार दिलिप योन्जन तामाङको “आफ्नै छायाँले” गीतको भिडियो लोकप्रिय हुदै गएको छ ।  लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वर रहेको यो म्युजिक भिडियो धेरै दर्शकको मन जितेको छ ।

उक्त गीतमा दिलिप योन्जन तामाङको शब्द, रामकृष्ण ढकालको स्वर र राजेश थापाको संगीत रहेको छ ।  उक्त गीतमा कजिश श्रेष्ठको निर्देशन रहेको छ भने पुष्प खडका, किरण केसी र रूपा कंडेलको अभिनय रहेको छ । सुजन शाहीको सम्पादन रहेको उक्त गीत अजय रेग्मीले खिचेका हुन् । उक्त गीतलाई बिन्दबासिनी म्युजिक प्रा. लि.ले बजारमा ल्याएको हो । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा समर्पित गीतकार दिलिप योन्जन तामाङका गीतले धेरै नेपालीहरुको मन जित्न सफल भएका छन् ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !