५ असार २०८२, बिहीबार

‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाल फिलिपिन्स प्रस्थान


आयुष दुलाल

काठमाडौँ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता आयुष दुलाल फिलिपिन्स प्रस्थान गरेका छन् । फिलिपिन्समा मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न दुलाल हिजो राती फिलिपिन्स प्रस्थान गरेका हुन् ।

दुलाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ‘मिष्टर नेपाल २०२३’ विजेता समर्पण कार्की, निमेष कपाली, ‘मिष्टर वर्ल्ड २०२४’सन्तोष लोक्सम, ‘मिष्टर ग्लोबल २०२४’ योगेश श्रेष्ठ, मिष्टर नेपालको रिजनल डाइरेक्टर सन्दीप केसी, नेशनल डाइरेक्टर रवि धमला, नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डे लगायतले बिदाइ गरेका थिए ।

दुलालले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए । युवा मोडल तथा सामाजिक अभियन्ता आयुष हालसम्म थुप्रै राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन् ।

‘म्यान अफ द वर्ल्ड’ मा सहभागितासँगै उनले ‘एडभोकोसी थ्रो पेजेन्ट्री’ को भावना लिएर अन्तर्राष्ट्रिय स्तरमा शिक्षा, संस्कृति र नेतृत्व विकासको सन्देश फैलाउने लक्ष्य राखेका छन् ।

३५ बढी देशका सहभागी रहने प्रतियोगितामा दुलाल नेपालको एक्लो प्रतिनिधि हुन् । प्रतियोगितामा नेपाली कला संस्कृति चिनाउन दुलालले नेशनल कस्ट्युम राउन्डका लागि विभिन्न नेवारी कला संस्कृति झल्कने नेपाली ड्रेस तयार पारेका छन् ।

आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी दुलालले मानसिक स्वास्थ्य जागरूकताको वकालत र खेलकुद प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । बहुआयामिक पृष्ठभूमि र समर्पणले दुलालले अन्तर्राष्ट्रिय उपाधिको लागि बलियो दावेदार बनाएको छ । सबैभन्दा राम्रो कुरा दुलाल नेपाली र अंग्रेजी भाषामा आफ्नो सहजै प्रर्दशन गर्न सक्छन् ।

दुलाललाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा लगायतले उपाधि जित्नको लागि शुभकामना दिएका छन् ।

 आयुष दुलाल

यो पनि पढ्नुहोस्

नेपाल पूर्व सशस्त्र प्रहरी संघले दियो ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना

प्रधानमन्त्री ओलीले दिए ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना

प्रहरी महानिरीक्षक थापाद्वारा ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना

सशस्त्र प्रहरी महानिरीक्षकले गरे ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई विशेष बिदाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !