३ जेष्ठ २०८२, शुक्रबार

सशस्त्र प्रहरी महानिरीक्षकले गरे ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई विशेष बिदाई


सशस्त्र प्रहरी महानिरीक्षकले गरे 'म्यान अफ द वर्ल्ड' दुलाललाई विशेष बिदाई

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई विशेष बिदाई गरेका छन् । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई आज शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विशेष बिदाई गरेका हुन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले आयुषलाई प्रशंसा पत्र प्रदान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गर्न शुभकामना समेत दिएका छन् । महानिरीक्षक अर्यालले दुलालको प्रस्तुति नेपालका युवाहरूको आवाज र क्षमताको परिचायक बन्न सकोस् भनेर शुभकामना दिए ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा-१४ का दुलाल विश्वमाझ नेपालमा प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने लागेका हुन् ।

दुलालले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए । युवा मोडल तथा सामाजिक अभियन्ता आयुष हालसम्म थुप्रै राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन् ।

‘म्यान अफ द वर्ल्ड’ मा सहभागितासँगै उनले ‘एडभोकोसी थ्रो पेजेन्ट्री’ को भावना लिएर अन्तर्राष्ट्रिय स्तरमा शिक्षा, संस्कृति र नेतृत्व विकासको सन्देश फैलाउने लक्ष्य राखेका छन् । नेपालका स्मार्ट, आत्मविश्वासी र सामाजिक अभियानमा अग्रसर युवाहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन थालेको दशक पुग्दैछ ।

आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी दुलालले मानसिक स्वास्थ्य जागरूकताको वकालत र खेलकुद प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । काभ्रेका लोकप्रिय फुटवल खेलाडी समेत रहेका आयुषले अष्ट्रेलियाबाट व्यवसायिक खेल समेत खेलिसकेका छन् ।

बहुआयामिक पृष्ठभूमि र समर्पणले दुलालले अन्तर्राष्ट्रिय उपाधिको लागि बलियो दावेदार बनाएको छ । सबैभन्दा राम्रो कुरा दुलाल नेपाली र अंग्रेजी भाषामा आफ्नो सहजै प्रर्दशन गर्न सक्छन् । उनी भन्छन्- म केवल र्याम्पमा हिड्न होइन, नेपाली पहिचान बोकेर अन्तर्राष्ट्रिय समुदायमा संवाद गर्न जाँदैछु ।’

उनले यो प्रतियोगिता केवल फेशन वा लुक्सको प्रतिस्पर्धा मात्र नभएर शिक्षा, सामाजिक नेतृत्व र सकारात्मक पुरुष छवि निर्माणको अभियान भएकोले यस प्रतियोगितामा नेपालले अघिल्ला संस्करणमा राम्रो छवि बनाएकोले यस वर्ष पनि उपाधिको धेरै आशा गरिएको छ । उक्त प्रतियोगिताको उपाधि जितेमा राष्ट्रकै शान हुने भएकोले उनलाई सवै नेपालीले शुभकामना दिन जरुरी छ ।

सशस्त्र प्रहरी महानिरीक्षकले गरे 'म्यान अफ द वर्ल्ड' दुलाललाई विशेष बिदाई सशस्त्र प्रहरी महानिरीक्षकले गरे 'म्यान अफ द वर्ल्ड' दुलाललाई विशेष बिदाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !