८ बैशाख २०८१, शनिबार

चलचित्र म्हेन्दूको फर्स्ट लुक सार्बजानिक


Mhendoo

२२ असार, काठमाडौं । हिमाली कथाबस्तुमा बनेको चलचित्र म्हेन्दूको फस्टलुक पोस्टर सार्बजानिक भएको छ । चलचित्रका निर्माता अर्जुन डोटेलले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टर सार्बजानिक गरेका हुन् । सार्बजानिक पोस्टरले हिमाली जनजीविका र प्राकृतिक सौन्दर्यलाइ उठान गरेको छ ।

डोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले डोल्पाका स्थानिय बासिन्दाको अवस्था र भोगाइलाई चित्रण गरेको निर्माता डोटेलले बताएका छन् । देब नेपालको निर्देशनमा बनेको चलचित्र करिब एक करोडको लागतमा बनेको हो ।

भोला तिमल्सिना , रमेश सोडारी ,सोनु राइ ,राजकुमार श्रेष्ठ , बाबुराम शाक्य , बिन्दा थिङ्ग, कालु राना लगाएत कलाकार को चलचित्रमा मुख्य भूमिका रहेको छ ।

मारोन मुभीजको ब्यानरमा बनेको  यस चलचित्रको माध्यमबाट उक्त स्थानको रहनसहन चालचलन रितिरिवाज भेषभुषा संगै पर्यटकीय स्थल, सास्कृतिक सम्पदा र भौगोलिक अबस्थाको सजिब चित्रण गर्ने प्रयास गरिएको निर्माता डोटेलले जानकारी दिएका छन् ।

चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको यस चलचित्रक  बुद्धिमान तामाङ सह निर्माता हुन् । सुदिप डोटेलको प्रस्तुति चलचित्र म्हेन्दुलाइ रोहित बिक्रम कार्कीले खिचेका हुन् । राजु किरात चलचित्रका द्वन्द निर्देशक हुन् ।

पुरुषोतम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालाको सब्द रहेको चलचित्रमा समाबेस गीतमा कुमार लामा योञ्जन, बिमल डाँगी र सरोज कोइरालाले संगीत गरेका छन् । मेलिना राइ , बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाले चलचित्रका गीतमाआवाज भरेका छन् । चलचित्र भाद्रको अन्त सम्ममा सार्बजानिक प्रदर्शन गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !