६ फाल्गुन २०८१, मंगलबार

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति


आशिका तामाङ

काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तामाङविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान थालेको छ । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो उनलाई स्वयम्भुबाट पक्राउ गरेर थप अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको थियो ।

कोषका सफाइका कर्मचारीको करार थप नगरेको विषयलाई लिएर तामाङसहितको समूहले गत २८ पुसमा अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो । विरोध प्रदर्शनमा खटिएका प्रहरीलाई समेत उनले गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा पेस भएकोमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको प्रहरीले जनाएको छ । अभिनेत्रीसमेत रहेकी तामाङ पछिल्लो समय अभियन्ताका रूपमा सक्रिय छिन् । उनका कार्यशैली विवादमा पनि पर्दै आएका छन्।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु