१३ बैशाख २०८१, बिहिबार

मिस नेपाल-२०२३ को उपाधि श्रीच्छा प्रधानलाई


मिस नेपाल-२०२३

काठमाडौँ । मिस नेपाल–२०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छिन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २३ जनालाई उछिन्दै प्रधानले ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि जितेकी हुन् ।

आज शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले मिस नेपालको ताज जितेकी हुन् । २३ वर्षीया प्रधानलाई मिस नेपाल–२०२२ प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारिन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन् । उनी पहिलाे मिस नेपाल रुवी राणाकी छाेरीसमेत हुन् ।

प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ ।

यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनेछिन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !