१२ बैशाख २०८१, बुधबार

उपराष्ट्रपति यादवलाई चलचित्र नृत्य संघको बधाई ज्ञापन


रामसहाय प्रसाद यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपाल चलचित्र नृत्य संघका कलाकारहरुबीच भेटघाट भएको छ । मंगलबार उपराष्ट्रपति निवास लैनचौरमा आयोजित एक समारोहमा संघले उपराष्ट्रपति यादवलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएकोमा चलचित्र क्षेत्रको तर्फबाट बधाई एवं कार्यकाल सफलताको शुभकामना ज्ञापन गरेको छ ।

संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान समारोहमा उपराष्ट्रपति यादवलाई मायाको चिनो अर्पण गरिएको थियो । सो अवसरमा समारोहका प्रमुख अतिथि उपराष्ट्रिपति यादव समक्ष संघले चलचित्र क्षेत्रमा विद्यमान राष्ट्रिय समस्याहरुलाई समाधानका निम्ति सरकारसँग पहल गरिदिन आग्रह गरेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष जनकबहादुर कार्की, कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !