१३ बैशाख २०८१, बिहिबार

अभियोग दाबी नपुग्ने भन्दै पल शाहलाई उच्च अदालतले दियो सफाइ


पल शाह

काठमाडौं । नायक पूर्णविक्रम (पल) शाहलाई अभियोग दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराले सफाइ दिएको छ । बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आज सफाइ दिएको हो । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताएका छन् ।

नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष छ महिना कैद र रु १० लाख क्षतिपूर्तिको फैसला सुनाएकामा उच्च अदालत पोखरा सफाई दिएको हो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेन दिएका थिए ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नवलपुर अदालतको फैसला भुक्तानका लागि शाह यतिबेला तनहुँ कारागारमा छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु