१३ बैशाख २०८१, बिहिबार

राजेश हमालको घोषणा : अर्को निर्वाचनमा उम्मेदवार बन्छु


राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । आज आइतबार काठमाडौँको लैनचौरस्थित जनकनाथ स्मृति मावि केन्द्रमा मतदान गरेपछि हमालले अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

मतदान गरेपछि संचारकर्मीहरुसंग कुरा गर्दै महानायक हमालले भने, “मलाई अर्को चुनावमा उम्मेदवारका रुपमा पाउनुहुनेछ ।” उनले अब आफू सक्रिय राजनीतिमा होमिने संकेत गरेका हुन् ।

हमालले अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने बताएका हुन् । उनले यस पटकको निर्वाचनमा फरक किसिमको माहोल रहेको भन्दै त्यसले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।

यद्यपि उनले कुन तहको निर्वाचन, कुन राजनीतिक दल र कहाँबाट उम्मेदवार बन्ने भन्ने निधो नभइसकेको समेत बताए । उनले आफूले पनि परिवर्तनको पक्षमा मतदान गरेको बताए ।

गत स्थानीय निर्वाचनमा पनि हमालले आगामी निर्वाचनमा आफू कुनै भूमिकामा देखिन सक्ने संकेत गरेका थिए । उनलाई विभिन्न पार्टीले हरेक निर्वाचनमा उम्मेदवारको प्रस्ताव राख्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !