७ बैशाख २०८१, शुक्रबार

नेपाल नेटवर्क टेलिभिजन ‘सिङ्गर’ रियालिटी शोज ल्याउँदै


नेपाल नेटवर्क टेलिभिजन

काठमाडौं । पछिल्लो समय विभिन्न विधामा आधारित रहेर टेलिभिजन रियालिटी सो निर्माणको क्रम बढिरहेको छ । गायन, डान्सिङ, कमेडी र एड्भेन्चर रियालिटी सो अहिले नेपाली टिभी पर्दामा प्रसारण भई रहेका छन् ।

यही मेसोमा अर्को एउटा फरक रियालिटी सो निर्माण सुरु हुने भएको छ । ‘सिङ्गर’ सोलफुल भ्वाइस’ नामक रियालिटी शो सुरु हुने भएको छ । आयोजकले यो सो चल्तीको भन्दा भिन्न हुने दावी गरिरहेका छन् ।

रोचक कुरा के छ भने यो सोका प्रतिस्पर्धीले नेपालभित्र बोलिने चल्तीका ६ वटा भाषामा गीत गाउनुपर्नेछ । अंग्रेजी र हिन्दी भाषामा भने गाउन नपाइने भएको छ । यसअघि नै चर्चा बटुलिसकेका २० जना गायकगायिकालाई यसमा भाग गराइने र अडिसन नगरिने आयोजकले जनाएको छ ।

बैशाखदेखि प्रसारण सुरु हुने यो सोका निर्णायक केही दिनमा सार्वजनिक गरिने भएको छ । डीएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीज प्रालीका संचालक श्याम धितालले मौलिक शैलीमा सो सुरुआतको तयारी भएको बताए । ‘भाषाको दायरा तोडेर परिचित गायकगायिकालाई नेपालमा चलीआएका ६ भाषामा गायन प्रतिस्पर्धा गर्नेछौ’ धितालले बताए ।

विजेताले नगद पुरस्कार २५ लाख सहित कार र गीति एल्बमको सम्झौता प्राप्त गर्ने भएका छन् । ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै प्रसारण सुरु गरिने रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !