१३ बैशाख २०८१, बिहिबार

घरमै बसेर अब टेलिभिजनबाट नयाँ नेपाली फिल्म हेर्न पाइने


नेपाली फिल्म हेर्न पाइने

काठमाडौं । नेपाली टेलिभिजनको इतिहासमा पहिलोपटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रसारणको सुरुवातसँगै नयाँ नेपाली चलचित्रहरूको टेलिभिजन प्रिमियर गर्ने भएको हो ।

डीएआर मुभिजका निर्देशक श्याम धितालका अनुसार हरेक हप्ता एउटा पुरानो चलचित्र प्रसारण गरिने छ । त्यसैगरी महिनामा एउटा हलमा प्रदर्शन भएर अन्य कुनै डिजिटल प्लेटफर्ममा रिलिज नगरिएको नयाँ चलचित्र प्रसारण गरिने छ ।

ओएसआर डिजिटल र डीएआर मुभिजको सहकार्यमा नेपाली चलचित्र टेलिभिजनमा प्रसारण गर्न लागिएको हो । अबदेखि दर्शकले घरमै बसेर दर्शकले टेलिभिजनबाट नयाँ नेपाली चलचित्र हेर्न पाउनेछन् । आगामी तिहारबाट नियमित रूपमा चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।

नेपाल नेटवर्क टेलिभिजनबाट पहिलो चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शन गर्ने तय भइसकेको छ । केही महिना अघि मात्र प्रदर्शनमा आएको चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, शिव श्रेष्ठ, अर्पण थापाले अभिनय गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !