१३ बैशाख २०८१, बिहिबार

डाक्टरी अध्ययनरत सुजाता पाण्डेको गायन र मोडलिङ मोह


सुजाता पाण्डे

काठमाडौं । भेटनरी डाक्टरको अध्ययनसंगै मोडलिङ र गायनमा आफुलाई अब्बल साबित गर्न सफल बनेकी मोडल तथा नव गायिका हुन् सुजाता पाण्डे । मेहनत र परिश्रमबिना कुनै पनि कार्यमा सफलता पाउन असम्भव नै छ ।

मनोरंजन क्षेत्रमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । त्यही अनुरुप आफ्नो कला क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन सुजाता पाण्डे। राजधानी काठमाडौं शहर, सपनाको शहर जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपनासंग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात मोडलिङ र गित संगीत क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो ।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर गायन र मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै गरेकी मोडल हुन सुजाता पाण्डे अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन् ।

बुटवल जन्मथलो भएर बिगत केहि बर्षदेखि काठमाडौंलाई कर्मथलो बनाउदै भेटनरी डाक्टरको अध्ययनसंगै मोडलिङमा संघर्ष गर्दै आएकी मोडल सुजाताले करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुको साथै केहि गीतहरुमा आफ्नो स्वर दिसकेकी छिन, त्यसैगरी विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो नृत्य तथा अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन । उनले उत्कृष्ट नब गायिका, उत्कृष्ट मोडल लगायतका अवार्ड जित्न सफल भईसकेकी छिन् भने विभिन्न कला सम्मान समेत पाउन सफल भएकी छिन् ।

अभिनय तथा नृत्यमा पोख्त मोडल सुजाता सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन, सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।

बहुप्रतिभा भएकी बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । सुजाता हेर्दा पनि निकै आकर्षित हाँसी रहने शालीन स्वभाबकी छिन् । मोडल सुजाता भन्छिन यदि कुनै चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन् ।

सानै उमेरदेखि गायिका, मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने सुजाता अभिनयमा पनि आफुलाई अब्बल दर्जामा राख्न कोशिसरत छिन् । सुजाताले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनी भन्छिन् मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एकदिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एकदिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडि बढेको कुरा पनि मोडल पाण्डे बताउछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !