गायिका अनिताको तीजको नयाँ गीत ‘राख लेखेर’ को भिडियो सार्वजनिक Nepalpatraगायिका अनिताको तीजको नयाँ गीत ‘राख लेखेर’ को भिडियो सार्वजनिक
३० श्रावण २०७९, सोमबार

गायिका अनिताको तीजको नयाँ गीत ‘राख लेखेर’ को भिडियो सार्वजनिक


अनिता चलाउनेको गीत ‘राख लेखेर’

काठमाडौं । गायिका एवं संचारकर्मी अनिता चलाउनेले तीजको नयाँ धमाकेदार गीत ल्याएकी छन् । गायिका चलाउनेको स्वर रहेको ‘राख लेखेर’ गीतको भिडियो आज सार्वजनिक भएको हो ।

गायिका चलाउनेको अफिसियल यु ट्युब च्यानल ‘अनिता चलाउने’ मार्फत उक्त भिडियो आज दिउसो सार्वजनिक भएको हो । हरेक बर्ष जस्तै यसपटक पनि उनले तीजको नयाँ गीत आज सार्वजनिक गरेकी हुन् ।

गीतमा बिपिन किरणको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन् । उक्त भिडियोको नृत्य निर्देशन राजिव समरको रहेको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित जुम्ल्याहा दिदिबहिनी (ट्विनी गर्ल्स) प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडाको अभिनय गरेका छन् भने गायिका चलाउने पनि स्वयं केही दृश्यमा देखिएकी छन् ।

‘विदेशको पीआर छ…’ र ‘यस्तो बनोस मेरो तीज’ बोलको हिट गीतहरुबाट चर्चा कमाएकी गायिका अनिताको ‘लैजाऊ लैजाऊ’ समुधुर गीतले पनि धेरै दर्शकको मन जितेको थियो । हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको कोसेलीस्वरुप लगभग १ महिनाअघि सार्वजनिक भएको भिडियोले धेरैको मन जित्ने देखिन्छ ।

नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत रहेको छ भने सोहिअनुसार भिडियो बनेको छ । गीतका शब्द तथा संगीत र भिडियो पनि मौलिक हिसाबको छ ।

यो गीतले तीज गीतको नाममा आइरहेका भड्किला गीत भन्दा फरक र तीजको वास्तविक मर्म झल्काउँछ । तीजका गीतको नाममा छाडा गीतहरु आइरहेको बेला यो एकदमै मौलिक किसिमको तीजको गीतले दर्शकलाई भरपुर मनोरञ्जन दिने देखिन्छ ।

यस्तो छ हेर्नुहोस् उक्त तीजको गीतको म्युजिक भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !