एसिड छेप्ने भन्दै महिलामाथि प्य्राङ्क गरी अभद्र व्यवहार गर्ने युटुुबर पक्राउ Nepalpatraएसिड छेप्ने भन्दै महिलामाथि प्य्राङ्क गरी अभद्र व्यवहार गर्ने युटुुबर पक्राउ
३० श्रावण २०७९, सोमबार

एसिड छेप्ने भन्दै महिलामाथि प्य्राङ्क गरी अभद्र व्यवहार गर्ने युटुुबर पक्राउ


पूर्णचन्द्र भुसाल

काठमाडौँ । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको ब्यूरोले जनाएको छ ।

 पूर्णचन्द्र भुसाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !